Kirat community wearing traditional dress and celebrating the Sakela Udhauli festival during winter season in Kathmandu, Nepal, on Saturday December 10, 2022

सबैमा येले संवत् ५३४७ औँ नव वर्षको हार्दिक मङ्गलमय शुभकामना!!!

येले संवत् गणनाको आधार

मितिः २०८२/१०/०१

१) येले संवत् ५०८६ काे गणना आधार

प्रेम माबाेहाङ समेतको पुस्तक संक्षिप्त नेपाल इतिहास मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिती कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…..” भन्ने उल्लेख गरेको आधारमा हालको वि• सं• २०८२ काे प्रचलित पात्रोमा कलि संवत् ५१२६ चल्दै छ। सोमा ४० वर्ष घटाई ( ५१२६- ४०= ५०८६ ) आएको गणना अङ्कलाई नै येले संवत् ५०८६ भनी किरात याक्थुङ्ग चुम्लुङ (कियाचु) लगायत अन्य आदिवासी सङ्घ संस्थाले

समेत तथ्यातथ्यकाे सूक्ष्म एवं गम्भीर विश्लेषण नगरी “अरे हाेरे” कै भरमा दार्जिलिङ्बाट जसहाङ मादेन समूहले निकालेको येले संवत् क्यालेण्डरकाे गणना आधारलाई आँखा चिम्लेर पछ्याउने अन्ध परम्परा हालसम्म प्रचलनमा छँदै छ। कियाचुले बिचमा यो येले संवत् काे गणना आधारमाथि व्यापक रुपमा छलफल गोष्ठी राखेको पनि हो। तर गहि¥याइमा छलफल हुन नसक्दा सो छलफल आफैँमा अनिर्णयको बन्दी भई कैद मै छ भन्नू पर्ने होला।

यस्तो गम्भीर विषय प्रति यत्रो समय बित्ती सक्दा पनि कियाचु अझै कानमा तेल हालेर वस्नु अपुङ्गीपनको नमुना उदाहरण नै हो।

२) येले संवत् ५३४७ काे गणना आधार

भाषा वंशावलीमा उल्लेख छ। …. “द्वापर युग छँदै पूर्व दिशाबाट यलम्ब भन्ने किराँती राजा आई महिषपाललाई जितेर नेपालका राजा भए। यलम्ब- ९० वर्ष, यीनका पुत्र पवि – ७९/ ३ वर्ष, यिनका पुत्र धस्कन्द ३७ वर्ष, यीनका पुत्र चलंच ३१/६ वर्ष। यीनका राज्याभिषेक भएको १९ वर्षपछि कलियुगको पाउले छोयो, ५ वर्ष लाग्यो भनी चारै दिशाका ज्याेतिषिले राजालाई बिन्ती चढाए ।” (प्राचीन नेपाल – १३ काे पृष्ठ ८,९ मा) (९०+७९+३७+१९) – ५ = २२० वर्ष राजा यलम्ब समेत ४ पुस्ता राजाको भोग वर्ष चल्दा कलियुग सुरु भएको देखिन्छ। हाल वि• सं• २०८२ मा कलि संवत् ५१२६ चल्दै छ । कलि संवत् ५१२६ + २२० वर्ष = ५३४६ वर्ष अघि किरात राजा यलम्बकाे शासन प्रारम्भ काललाई १ (एक) मान्दा हाल चलिरहेको येले संवत् ५३४६ हो। अब यो मकर संक्रान्तिदेखि ज्योतिषीय हिसाबले सूर्य उत्तरायण लाग्छ । अर्थात् वार्षिक क्यालेन्डर फेरिन्छ। येले संवत् ५३४७ सुरु हुन्छ। त्यसैले हजुरहरू सबैमा येलेदाेङ ५३४७ काे शुभकामना!!!

३) द्वापर युगका किराँती राजा यलम्बर, सत्ययुगदेखि कै दस पुस्ता चक्रवर्ती सम्राट् माङहाङ (किरातेश्वर देवांशी, आर्यावलोकितेश्वर, लोकेश्वर, देव अवतार, त्रिकालदर्शी, साक्षात् नारायण अवतार , बुढा हाेङ, माङहाङ साममाङ) परम्पराका अन्तिम पुस्ता देव- राजा हुन्। माङहाङ साममाङ परम्परामा देवराजा स्वयम् माङले चुन्ने हो। मान्छेले चुन्ने होइन। राजाको छोरा नै राजा हुने पनि होइन। यसको शेष अवशेष प्रमाण किरात समाजमा नाक्सो परम्परा छँदै छ। नाक्सो मान्छेले छान्नु मिल्दैन, नाक्सोको छोरा नाक्सो पनि हुन सक्दैन। यलम्बर पछिका सबै किराँती राजाहरू अपुङ्गी, वंश-परम्पराका राजाहरू हुन्, देव- राजा होइनन्। आपुङगी किरात राजवंशपछिका लिच्छवी, ठकुरी, मल्ल, शाहवंश राजाहरू सबै आपुङगी, काम चलाउ, माङहाङ (विष्णु/ देवराज) आसनका रुङालु, गाेठालाेहररू मात्र हुन्।

४) विष्णु आसनमा बस्ने खास वास्तविक , उमेद्वार त आफैँआफ योग्य शिव अंश लिएर आएका व्यक्ति मात्र हुन सक्छन्। यलम्बरले सत्ता छाडेपछि नै द्वापर युगको बाँकी दुई अंश सत्य पनि सकिनु हो। यसैले यलम्बरकाे अन्त पछि मात्र कलियुगको आरम्भ मान्दा युक्तियुक्त ठहर्छ। येले संवत् भन्ने तर कलि संवत् सुरु हुनुभन्दा चार पुस्ता अघिको माङहाङ एलम्बरको समय काललाई कलि संवतमा पनि ४० वर्ष घटाएर चलाएको येले संवत् प्रामाणिक, तार्किक, युक्तियुक्त देखिएन। यस पक्षमा अरू पनि पौराणिक, प्रागैतिहासिक, ऐतिहासिक, पुरातात्त्विक, मिथकीय, भाषिक, आनुवंशिक (जेनेटिक्स) आदि तथ्य प्रमाणहरू यथेष्ट छन्। हाललाई यति नै गरौँ ।

– साबाला साम्बा, समाजसेवी
" /> Sarbocha Media - Page 47 of 1827 - No 1 news portal site in nepal

काठमाडौँ, ७ साउन । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भ्रमणका क्रममा दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  

मुख्य समाचार थप

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

  • admin

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत...

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

  • admin

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा...

राजनीति थप

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

  • admin

काठमाडौँ, ७ साउन । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता...

अर्थ थप

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

  • admin

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको...

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

  • admin

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए...