ऋण लिएर नतिर्ने बरु भाग्ने ऋषभ देव चालिसे जस्ता ऋणीका कारण हाल सहकारी संस्था आर्थिक संकटमा फस्न लागेको कुरा संस्थाका एक कर्मचारीले जानकारी गराए । सहकारीमा स-साना ठेलागाडामा व्यापार गर्ने, साना होटल व्यवसायी, लत्ता कपडा व्यवसायी,तरकारी फलफुल व्यवसायी,नाङ्लो पसल थापेर व्यापार गर्ने व्यवसायी,अपाङ्गहरु,दिन दु:खी बेसहाराहरुको बचत रहेको पाईएको छ । अहिले एकातर्फ सम्पुर्ण बचतकर्ताले आफ्नो जम्मा गरेको रकम खोजिरहेका छन् भने अर्को तर्फ दिन दु:खी बेसहाराहरुले बचत गरेको पैसाबाट ऋण लिई नतिरी आफ्नो घर मात्रै होईन देश नै छाडेर विदेश तर्फ भागिरहेका छन् । सहकारी संस्था भनेको राज्यको एक मजबुत खम्बा हो । राज्यको एउटा खम्बा तहसनहस भयो भने मुलुकमा गम्भीर आर्थिक संकट पैदा भई मुलुक नै एक असफल राष्ट्रको रुपमा परिणत हुनेछ । यदि सहकारीलाई सुधार गर्ने हो भने सर्वसाधारण जनताबाट जम्मा भएको बचतबाट ऋण लिएर नतिर्नेहरुलाई राज्यले सबैभन्दा पहिला कारबाहीको दायरामा ल्याउनुपर्छ । सहकारीबाट लगेको ऋण तिर्दिन भन्नेलाई राज्यको सम्पुर्ण सेवा सुविधा,सिफारीस बन्द गराउन सक्नुपर्दछ ।

सहकारीको ऋण नतिरी भागेर विदेश गएकाहरुलाई राज्यका निकायले सम्बन्धित देशको दुतावासमा पत्र लेखेर यस्ता फटाहा, बद्मासहरुलाई कुनैपनि हालतमा ऋण तिराउने विकल्प अगाडी बढाउनुपर्छ । राज्यले नेपाल प्रहरी मार्फत रेड नोटिस र डिफ्युजन नोटिसहरु जारी गरी विदेशी भुमिमा लुकिरहेकाहरुलाई पक्रेर ल्याई ऋण असुलउपर गराउनुपदर्छ । नेपाल प्रहरीले हालै मात्र अमेरिका,क्यानडा लगायतका मुलुकहरुबाट इन्टरपोलमार्फत ५२ जना भन्दा बढी फरार अभियुक्तहरुलाई पक्राउ गरी नेपाल ल्याइसकेको छ ।

" /> जीवनशैली Archives - Sarbocha Media

जीवनशैली

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा

1 2 3 20