घाइते डिजिटल युगलाई अकल्ट हिलिङको सञ्जीवनी

`

     २०८० मंसिर २९ गते ११:३५

आँखामा निद्रा बिझाउँछ म कसरी बाँचे
बिछ्यौनाले काँडा बिछ्याउँछ म कसरी बाँचे
खुसी र आनन्दको लागि दौलत कमाएँ, तर
खुसीले जहिल्यै गिज्याउँछ म कसरी बाँचे ।

यो युग डिजिटल युग हो । यस डिजिटल युगमा अङ्क बिनाको जीवन कल्पना गर्न पनि असम्भव छ । Mobile Number, Pin Number, Lock/Unlock Number, Password आदि दैनिक जीवनमा प्रयोग गरिने अत्यावश्यक कुरा अङ्क बिना सम्भव छैन ।

हामी हाम्रो वरिपरिको रङ, सिम्बोल, अङ्क, ठोस वस्तु आदि दृष्य–अदृष्य वस्तुहरूको प्रभावको उपज हौँ । ती दृश्य–अदृश्य वस्तुहरूका आ–आफ्ना Energy/Frequency/Vibration हुने गर्दछन् । हामीलाई लागे पनि नलागे पनि ती Vibrations ले पार्ने प्रभावले हाम्रो व्यक्तित्व निर्माण हुने गर्दछ । Positive Vibrations ले हाम्रो व्यक्तित्व उच्च बन्छ भने Negative Vibrations ले हाम्रो जीवन जति अघि बढ्छ त्यति समस्याग्रस्त बन्दै जान्छ जुन वर्तमान विश्वमा सामान्य बनेको छ । यस्तो जटिल अवस्थाबाट मुक्ति पाउने सर्वोत्तम उपाय Occult Healing हो ।

Occult Science

हामीलाई Traditional Science and Modern IT को प्रभावले ठोस वस्तुमा मात्र विश्वास गर्ने बानी परेको छ । हामीले प्रत्यक्ष देख्ने, सुन्ने र अनुभव गर्ने कुरा बाहेक अन्य कुरा मिथ्या लाग्छ । के हामीलाई मिथ्या लागेको संसार साँच्चै मिथ्या नै छ त?

Quantum Physics and Energy Principal को विकासले मानिसहरूलाई प्रत्यक्ष देखिने पदार्थमा समेत नदेखिने ऊर्जा लुकेको हुने तथा नदेखिन अभौतिक (Virtual) वस्तुहरूमा पनि व्यापक Energy Vibration हुने कुराको बोध भयो । देखिने कुरा मात्र सत्य नभएर नदेखिने Virtual कुरा पनि गहिरो सत्यको विषय भएको कुरा स्थापित हुन पुग्यो, यसैलाई Occult Science भनिन्छ ।

Occult Healing

परम्परागत विज्ञानले हाम्रो जीवनलाई ठोस आँखाले मात्र हेर्दछ । जसअनुसार यो विज्ञानले हाम्रो जीवनमा पर्ने सकारात्मक नकारात्मक प्रभाव र परिणाम पनि ठोस् नै हु्ने आँकलन गर्दछ । जे प्रभाव पर्छ त्यो भौतिक रूपले भौतिक शरीरमा पर्छ भन्ने मान्यता राख्छ । त्यसै गरी शरीरमा रोग लाग्ने कुराको कारक तत्व ठोस नै हुन्छ भने उपचारात्मक विधि, पद्धति पनि ठोस नै हुने कुरामा ठोकुवा गर्दछ ।

तर Quantum Science ले विज्ञान मानेको Occult Science ले यो परम्परागत विज्ञानको मान्यतालाई त्यति प्रभावकारी मान्दैन । किनभने भौतिक कुराको जग Energy Level हो । Physical Level मा जे देखा पर्छ त्यो Energy Level बाट शुरु हुन्छ । जब कुनै रोग, भौतिक, मानसिक समस्या Energy Level बाट शुरु हुन्छ भने त्यो अवस्थामा Physical Level को Healing पर्याप्त हुँदैन । यस्तो समस्याको पूर्ण समाधान Energy Level बाट गर्नु पर्छ यसैलाई Occult Healing भनिन्छ ।

Occult Science ले जसको जीवन भने जस्तो ढङ्गले अगाडी बढेको छैन, जसको जीवनमा मानसिक/शारीरिक स्वास्थ्य, आर्थिक/व्यावसायिक सफलता, सामाजिक सम्बन्ध लामो समयदेखि भनेजस्तो भएको छैन, यस्तो समस्याको प्रभावकारी ढङ्गले उपचार (Healing) गर्दछ ।

परम्परागत चिकित्सा पद्धति (Medical Science) का राम्रा पक्ष धेरै भए पनि यसका भयावह पक्ष पनि उत्तिकै छन् । उदाहरणको लागि जब कसैलाई ब्लड प्रेसर, डायबिटिज आदि रोगले छुन्छ, तब Medical Science को ठोस विधिले गर्ने Physical Healing ले ती रोग जीवनभर कहिल्यै निको हुँदैनन्, बाँचुन्जेल औषधी खानु बाहेक विकल्प केही रहँदैन ।

Occult Science अन्तर्गत Occult Healing पर्दछ । एउटा विश्व विख्यात पुूस्तक, The Principals of Healing मा भनिएको छ, Physical Healing होस् या Occult Healing सबै हिलिङ Occult Healing हुन् । किनभने Modern Medical Science अन्तर्गत डाक्टर, नर्सले गर्ने उपचारमा पनि बिरामीलाई मनोवैज्ञानिक आशा र भरोसा जगाउन नसके रोग निको पार्न मुश्किल पर्छ । कुनै पनि निदानात्मक पद्दति Occult Healing को लेभलमा नपुगेसम्म पूर्ण रूपले सफल हुँदैन ।

माथि पनि उल्लेख गरिसकिएको छ कि हामी हाम्रो वरिपरिको भौतिक (Tangible) अभौतिक (Intangible) कुराको उपज हौँ र ती दुबैखाले वस्तु सारमा शक्तिशाली Energy Level हुन् । हाम्रो जीवनको स्वास्थ्य, सफलता, मनोवैज्ञानिक, भावनात्मक, आर्थिक, सामाजिक आदि सम्पूर्ण पक्ष कस्तो हुने भन्ने कुरा ती भौतिक–अभौतिक वस्तुसँगको हाम्रो तादात्म्यता (Compatibility between Energy Levels) कस्तो छ भन्ने कुरामा अनिवार्य रूपले भर पर्दछ । यी Energy Level बिच Compatibility नभएको अवस्थामा हाम्रो जीवन भौतिक, मानसिक, आर्थिक, सामाजिक आदि कुनै हिसाबले सुखद रहँदैन, यो अवस्थाको सुधारको लागि Occult Healing निर्विकल्प बन्दछ ।

Numerology

“My life completely changed when I came to numbers read.

So the following year, coinciding with my postgraduate research into medical electronics, I commenced study in numerology, the Science of Numbers.”

-The Complete Book of Numerology: Discovering the Inner Self, David Phillips, Ph. D.

Numerology यस्तो विज्ञान हो जसले अङ्कहरूको उर्जा र त्यो ऊर्जाद्वारा उत्सर्जित प्रभावको व्याख्या गर्छ । Mobile Number, Pin Code, Lock/Unlock Number, Transaction Number, ATM, Passwords आदि मार्फत हाम्रो दैनिक जीवनमा प्रयोग हुने विभिन्न अङकहरू हाम्रो जीवनसँग अन्योन्याश्रित भएर जोडिन्छन् र थाहै नपाउने गरी तर शक्तिशाली ढङ्गले ती अङ्कका Vibrations ले हामीलाई प्रभाव पार्दछन् ।

Numerology को एउटा शाखा Mobile Numerology हो साथै Healing को कोणबाट हेर्दा यो Occult Healing को एउटा रूप हो । मोबायल बिनाको वर्तमान संसार कल्पना गर्न पनि असम्भव छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा एउटा संभ्रान्त परिवारले सरदर प्रति २ वर्षमा ५–१० लाख मोबायल सेटमा मात्र खर्च गर्ने गरेका छन् । जब कि मोबायल सेटले भन्दा मोबायल भित्रको सिमको नम्बरले हाम्रो जीवनलाई अनेकौँ गुणाले असर पारिरहेको हुन्छ, त्यसमा भने कसैको ध्यान गइरहेको हुँदैन ।

Energy को तालमेल नमिलाइएको नम्बरका Negative Energy Vibrations ले हाम्रो जीवनको Energy Level (Subconscious Mind) मा सिधा असर पार्ने गर्दछ जसले गर्दा हाम्रो जीवनको सबै पक्ष अस्तव्यस्त बन्दै जाने गर्दछ ।

अहिले विश्वभर ७.३ अरब मानिसले मोबायल बोकी रहेका छन् । अझ अहिले त डबल सिमवाला मोबायल प्रचलनमा छ ।

Einstein, Pythagoras भन्थे, अङ्कमा Vibration हुन्छ (Everything Numerology Book) । Graham Farmelo लगायत अनगिन्ती अङ्क वैज्ञानिकहरू (Numerologists) ले पत्ता लगाएका छन् कि, अङ्क (Number) मा ब्रह्माण्डीय ग्रहहरूको उर्जा (Energy of Universal Planets) जोडिएको हुन्छ । हाम्रो मोबायल नम्बर लगायत हामीले दैनिक जीवनमा प्रयोग गर्ने अङ्क मार्फत ब्रह्माण्डीय ग्रहहरूको ऊर्जाले हामीलाई गहिरो गरी प्रभाव पार्ने गर्दछन् ।

पदार्थको एटममा हुने Sub-atomic Elements – Neutron, Proton, Electron का क्रमशः Neutral, Positive and Negative Charge/Energy भएजस्तै हाम्रो दैनिक जीवनमा जोडिएका हरेक अङ्कका आ–आफ्नै प्रकारका भिन्न–भिन्न Vibrations हुन्छन् । ती एटमका Element हरूमा जस्तै ती अङ्कहरू (Numbers) मा Neutral, Positive and Negative Energy हुने गर्दछन् ।

अब कुरा रह्यो, फरक – फरक ऊर्जा बोकेका अङ्क सँगै हुँदा के हुन्छ?

अङ्कहरूमा कति अङ्कहरू एकअर्काबिच मित्रवत् (Friendly) सम्बन्धका हुन्छन्, कति अङ्कहरू गैरमित्रवत् (Non-friendly) सम्बन्धका हुन्छन् भने कति अङ्कहरू तटस्थ (Neutral) प्रकृतिका हुन्छन् ।

हामीसँग हाम्रो जन्म मितिको अङ्क already हुन्छ । त्यसमा Mobile Number, Password, Pin Code आदि मार्फत अङ्कहरू थपिँदै जाँदा ती अङ्कहरू कति Friendly सम्बन्धका सँगै हुन पुग्छन् भने कति Non-friendly सम्बन्धका सँगै हुन पुग्छन् । ती अङ्कहरू सँगै हुँदा जुन सम्बन्धका भए पनि एक्लै हुँदा भन्दा ज्यादा ऊर्जा उत्सर्जन (Energy Release) गर्छन् जसरी कि Atom Bomb निर्माण को प्रक्रियामा Nuclear Fusion गर्दा अकल्पनीय शक्ति उत्पन्न हुन्छ ।

अब Friendly Number हरू सँगै भए भने त्यसबाट उत्पन्न हुने ऊर्जाले हामीलाई Boost गर्छ भने Non-friendly सम्बन्धका Number हरू सँगै भए भने त्यसबाट उत्पन्न हुने ऊर्जा आत्मघाती हुन्छ, त्यो ऊर्जा (Anti-energy) ले भने हामीलाई नराम्ररी Hit गर्छ ।

Anti-energy लाई Scan गरेर उक्त Anti-energy लाई Boosting Energy मा Convert गर्नुलाई Numerology for Healing भनिन्छ । नम्बर वा मोबायल नम्बरको प्रयोग तीव्र बनेको वर्तमान संसारमा Numerology for Healing को विकल्प छैन ।

Pythagoras

Pythagoras, जसको बारेमा नपढी वर्तमान विश्वमा कसैको पनि शिक्षा पुरा हुँदैन, उनै Pythagoras ले Modern Advance Mathematics को पुरा जग बसालेका थिए । यो कुरा सुन्दा अचम्म लाग्ला, उनै Pythagoras ले आफ्नो जीवनकालमा Numerology पढाउने उद्देश्यले University नै निर्माण गरेका थिए । उनको विश्वास थियो, संसारमा आफूलाई प्रस्तुत गर्नु अघि आफूलाई भौतिक–मानसिक स्वास्थ्य, व्यावसायिक, आर्थिक आदि सम्पूर्ण हिसाबले पूर्णतया सफल/सबल बनाउनु पर्दछ र यस्तो सफलताको लागि Numerology बाहेक अरू कुनै विषयबाट सम्भव छैन । उनको University मा भर्ना हुनको लागि लैङ्गिक, जातीय आदि कुनै भेदभाव हुँदैनथ्यो मात्र एउटा सर्त हुन्थ्यो, कडा मेहनत गरेर सफल बन्नुपर्ने । उनी Numerology को सबैभन्दा महान् Founder Pillar मध्ये एक थिए ।

Vastu

हामीलाई थाहा छ, बुद्धले ६ वर्ष ध्यान गरेर मानिसबाट भगवान् बनेका थिए ।

ध्यानमा Positioning ले शरीरमा ऊर्जा बढाउने गर्छ । ध्यानमा मात्र नभएर हाम्रो दैनिक जीवनमा शरीरको Positioning ले Energy Maintain गरिरहन सकिन्छ । त्यसो गर्न नजान्दा मानसिक/भौतिक रोगको जोखिम बढ्न थाल्छ ।

जसरी हाम्रो शरीरको मुद्रा वा Positioning ले Energy Maintain गरिरहने अवस्था बन्छ, वा शरीरको Positioning बिग्रँदा पुरा जीवनकै सन्तुलन बिग्रँदै जान्छ, त्यसै गरी हामीले हाम्रो घर बनाउँदा यदि घरको Positioning Properly Align According to Natural Law गरेको छैन भने त्यसले Energy Level मा निकै ठुलो समस्या निम्त्याउने गर्दछ ।

यस स्तम्भकारलाई यो देशका थुप्रै Architect Engineer हरूको गुनासो सुन्नु परेको छ, यो देशको Architect Engineer पढाउने Curriculum माModern and Scientific Vastu को पुरा अभाव छ ।

Vastu हाम्रो जीवनको निकै ठुलो Energy level Maintain गर्नुपर्ने अर्को महत्त्वपूर्ण क्षेत्र हो । जुन Occult Healing बाट मात्र सम्भव छ ।

Occult Healing को विधिभित्र Name Numerology, Signature Analysis, Pronology, NLP, Hypnosis, Life Coaching आदि थुप्रै विधाहरू पर्दछन् जुन पछिल्ला संस्करणहरूमा आवश्यकता अनुसार चर्चा गरिने छ ।

मानसिक रोग

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले घोषण गरिसकेको छ कि अबको विश्वमा प्रत्येक चार जना मध्ये एक जनालाई मानसिक रोग हुनेछ । WHO कै अनुसार आत्महत्या विश्वव्यापी मानव मृत्युको पमुख कारण रहिरहन्छ ।

अमेरिकामा गरिएको एउटा सर्भे अनुसार प्रत्येक दिन एउटा मेडिकल डाक्टरले आत्महत्या गर्छ । विश्वभरका मानिसले सपना देख्ने देशका जनताको मानसिक अवस्था यस्तो छ, भने विश्वको अन्य भागमा अवस्था कस्तो होला! जे होस् बढ्दो मानसिक समस्या निदानको लागि Occult Healing प्रतिको सचेतना र अभ्यास अपरिहार्य छ ।

मानसिक रोग वृद्धिको कारण

अबको विश्वमा मानसिक रोग भयावह भएर जानुको कारण बारे धेरै अध्ययन भएका छन् । मानसिक रोगको यही मात्रै कारण भनेर किटान साथ भन्न सक्ने अवस्था भने छैन ।

अध्येताहरूले वर्तमान विश्वमा विकास भइरहेका आइटीका कुराहरूमा आफू अपडेट नहुनुलाई मानसिक रोग विकराल बन्दै जाने समस्याको प्रमुख कारक मानेका छन् ।

मानसिक रोगलाई बढाउँदै लाने एउटा मात्र कारण भने छैन । यसका विविध शक्तिशाली कारणहरू छन् । ती मध्ये निकै महत्त्वपूर्ण कारण हाम्रो जीवनको Energy Level मा हुने गडबड हो । त्यसो त समय सुहाउँदो अपडेट नहुनुले पनि इनर्जी गडबडको समस्या देखा पर्ने गर्दछ ।

मानसिक रोग वृद्धिमा Mobile Set को भूमिकालाई धेरैले औँल्याएका छन् । Mobile Set बाट उत्पन्न हुने Radiation महत्वपूर्ण कारण मध्ये एक हो । अझ यो भन्दा कयौँ गुणा घातक कारण चाहिँ मोबायल नम्बरमा सम्मिलित अङकहरूबिच तालमेल नमिलेर र मोबायल वाहक व्यक्तिको जन्म मितिको अङ्क र मोबायल नम्बरको अङ्कबिच Energy Distraction ले निम्त्याउने समस्या हो ।

मानसिक रोग वृद्धिमा मोबायल नम्बर बाहेक अन्य Pin Code, Password, ATM, Lock/Unlock, Transaction Number, Vehicle Number आदिमा बेमेल अवस्थामा बसेका नम्बरहरूबाट उत्पन्न हुने Energy Distraction पनि उत्तिकै जिम्मेवार छ ।

यस स्तम्भकारका सहकर्मी प्रधानमन्त्री कार्यालयमा नियुक्त एक जना Occult Healer ले यतिखेर प्रधानमन्त्री प्रचण्डको Mobile Numerology,  Name Numerology आदि विधि मार्फत नामको, मोबायल नम्बरको Vibrations चेक गर्ने र Healing को काम गरिरहेका छन् ।

अकल्ट हिलिङको सञ्जीवनी

अधिकांश व्यक्ति Teenage मा छँदा जति सुन्दर अनुभव, रमाइलोपन, उत्साह एवम् उल्लासले भरिएका हुन्छन्, Teenage पार गरेर अगाडी बढ्दै जाँदा भने त्यति नै तिक्ततापूर्ण, नरमाइलो, असहज, समस्याग्रस्त र तनावपूर्ण बन्दै जान्छन् ।

हामी कतिपयले ‘मलाई यस्तो कुरामा विश्वास नै छैन’ भनेर पन्छिने गर्छौँ तर स्मरणयोग्य कुरा यो छ कि, जुन कुरा हामी ध्यान नदिएर टाढा जान्छौँ, त्यही ध्यान नदिइएको कुरा झन्–झन् जटिल बनेर कालान्तरमा आफ्नै सामु आउने गर्छ ।

नमिलेको मोबायल नम्बर, नमिलेको वास्तु आदि अक्कल एरियाबाट हुने इनर्जी डिस्ट्रयाक्सनले हाम्रो सबकन्सस माइण्डलाई नराम्ररी प्रभाव पार्दछ जसले हाम्रो जीवनको सफलता, सम्पन्नता र खुसी उन्मुख प्रोग्रामिङलाई भताभुङ्ग पार्दछन् र हाम्रो जीवन कष्टकर बन्दछ । यो पिडादायी अवस्थाबाट सधैँको लागि मुक्ति पाउन मोबायल नम्बर, पासवर्ड, वास्तु, सिग्नेचर आदिलाई मिलाउनु पर्दछ, यसैलाई अकल्ट हिलिङ भनिन्छ ।

अबको विश्वमा डिजिटल युगको व्यापक विकाससँगै मानवीय समस्या मानिसको नियन्त्रण बाहिर जाँदैछ । यो अवस्थालाई मलमपट्टि गर्न सबैभन्दा प्रभावकारी विधि Occult Healing को विकल्प छैन ।

डिजिटल युगले मानिसलाई ‘Self’ बाट थप टाढा पु¥याउँदैछ, Awareness of Energy Alignment बाट झन्–झन् टाढा धकेल्दैछ । यसको परिणाम स्वरूप घर–घरमा मानसिक–भौतिक समस्या विकराल बन्दैछ। यस्तो अवस्थामा जसले Occult Healing को सहारा लिन्छ, ऊ बच्छ ।

थप भयावह बनेर आउँदै गरेको विश्वव्यापी समस्याबाट बच्न बालबच्चा, समस्याग्रस्त व्यक्तिलगायत सबैलाई सुरुमै Align with the Growing Energy गर्नुपर्दछ । अबको समस्या ग्रस्त विश्वलाई जीवन दिने कुनै सञ्जीवनी छ भने त्यो Occult Healing हो ।

– रसिक सम्यक किरात (लेखक Numerology, Modern and Scientific Vastu, Signature Analysis, NLP, Hypnosis, Life Coaching आदि Occult Healing सँग सम्बन्धित छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?