इन्डोनेसियामा डुङ्गामा आगलागी

`

     २०८३ श्रावण २७ गते १२:१४

काठमाडौँ, २७ साउन । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाए अनुसार नजिकैको डुङ्गाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको जनाएका छन् । नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?