तीन करोड नेपालीका ६ करोड हात परिचालन गरेर देश बनाउँछु: हर्क साम्पाङ

`

     २०८३ आश्विन ०७ गते २:१६

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। आफूले कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली जनताको भोटबाप्र प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा आफू केही समयमै प्रधानमन्त्री बन्न सक्ने उल्लेख गरेका छन्। ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइले भन्नुभएछ। उहाँको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको छ,’ उनले भने।

देश विकासको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको जिम्मेवारी आवश्यक रहेको बताउँदै साम्पाङले बस चलाउन बसको चाबी हातमा हुनुपर्ने उदाहरण प्रस्तुत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?