काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।
करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको छ ।