काठमाडौँ, माघ १४ । आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम पानी परिरहेको छ। पानी परेकाले उपत्यकासहित देशभर चिसो बढेको छ।



