राइडरहरु सडक आन्दोलनमा

`

     २०८३ श्रावण २० गते २:४८

काठमाडौं, २० साउन । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइडर तथा चालकहरू उचित हकहित, संरक्षण तथा न्यायपूर्ण भाडादरको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

फाउन्डेसनले डिजिटल राइड–सेयरिङसम्बन्धी नीतिगत सुधार, चालक तथा राइडरको उचित पारिश्रमिक सुनिश्चित गर्न तथा श्रम शोषण अन्त्य गराउन दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।

जसअनुसार आन्दोलनको पहिलो बुधबार राइडरहरुले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका छन् । उनीहरुले वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, श्रम शोषण तत्काल बन्द गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?