कोसीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

`

     २०८३ भाद्र ०८ गते ११:२६

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्यालयले शुक्रबार नै यसबारे कोसी प्रदेश सभा सचिवालयलाई औपचारिक जानकारी गराएको थियो । मुख्यमन्त्री कार्कीले सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

​नयाँ सत्ता समीकरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमतिअनुसार मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?