काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ ।
न्यायाधीशहरु कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए ।
त्रिमूल पार्टीका अध्यक्ष समेत रहेका उनी पछिल्लो समय बालेन शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध सार्वजनिक रूपमा बोल्दै आएका थिए ।




