काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर प्राकृतिक विपत्तिमा परेको बेला राजनीतिक मतभेद त्यागेर सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा आज आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा कसैलाई पनि एक्लो महसुस हुन नदिने गरी सबै दलहरू खोजी, उद्धार र राहत कार्यमा जुट्नुपर्ने बताए।
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने–‘अहिले देश गम्भीर प्राकृतिक विपत्तिसँग जुधिरहेको छ। यस्तो अवस्थामा लामो राजनीतिक बहस र पूर्वाग्रहमा अल्झिने समय होइन। सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर जनताको जीवन रक्षामा लाग्नुपर्छ।’




