सबैमा येलेदोङ ५३४६ को शुभकामना!

`

     २०८१ माघ ०५ गते २:२०

येले सम्बत् गणनाको आधार
मिति २०८०–९–१९

१. येले सम्बत् ५०८५ को गणना आधार

येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको वि. सं. २०८१ को प्रचलित पात्रोमा कलि सम्बत् ५१२५ चल्दैछ। सोमा ४० वर्ष घटाई (५१२५ – ४० = ५०८५) आएको गणना अङ्कलाई नै येले संवत् ५०८५ भनी किरात याक्थुङ्ग चुम्लुङ (कियाचु) लगायत अन्य आदिवासी संघ संस्थाले समेत तथ्यातथ्यको सूक्ष्म एवम् गम्भीर विश्लेषण नगरी ‘अरे होरे’ कै भरमा दार्जिलिङ्गबाट जसहाङ मादेन समुहले निकालेको येले सम्बत् क्यालेण्डरको गणना आधारलाई आँखा चिम्लेर पछ्याउने अन्धपरम्परा हालसम्म प्रचलनमा छँदैछ। कियाचुले विचमा यो येले सम्बत्को गणना आधारमाथि व्यापक रुपमा छलफल गोष्ठि राखेको पनि हो। तर गहिा¥याइमा छलफल हुन नसक्दा सो छलफल आफैँमा अनिर्णयको बन्दी भई कैदमै छ भन्नू पर्ने होला। यस्तो गम्भीर विषय प्रति यत्रो समय विति सक्दा पनि कियाचु अझै कानमा तेल हालेर वस्नु आपुङ्गीपनको नमुना उदाहरण नै हो।

२. येले सम्बत् ५३४६ को गणना आधार

भाषा वंशावलीमा उल्लेख छ, “द्वापर युग छँदै पुर्व दिशाबाट यलम्ब भन्ने किराती राजा आई महिषपाललाई जितेर नेपालका राजा भए । यलम्ब – ९० वर्ष, यीनका पुत्र पवि – ७९/३ वर्ष, यिनका पुत्र धस्कन्द ३७ वर्ष, यीनका पुत्र चलंच ३१/६ वर्ष । यीनका राज्यभिषेक भएको १९ वर्षपछि कलियुगको पाउले छोयो, ५ वर्ष लाग्यो भनी चारै दिशाका ज्योतिषिले राजालाई विन्ति चढाए ।” (प्राचीन नेपाल – १३ को पृष्ठ ८,९ मा) (९०+७९ं+३७ं+९) – ५ = २२० वर्ष राजा यलम्ब समेत ४ पुस्ता राजाको भोग वर्ष चल्दा कलियुग शुरु भएको देखिन्छ । हाल वि. सं. २०८१ मा कलि संम्बत् ५१२५ चल्दैछ । कलि संवत् ५१२५ + २२० वर्ष = ५३४५ वर्ष अघि किरात राजा यलम्बको शासन प्रारम्भ काललाई १ (एक) मान्दा हाल चलिरहेको येले संवत् ५३४५ हो । अब यो मकर संक्रान्तिदेखि ज्योतिषीय हिसाबले सुर्य उत्तरायण लाग्छ । अर्थात् वार्षिक क्यालेण्डर फेरिन्छ। येले सम्बत् ५३४६ शुरु हुन्छ । त्यसैले हजुरहररू सबैमा येलेदोङ ५३४६ को शुभकामना!

हजुरहरू सबैमा येलेदोङ ५३४६ को शुभकामना!

द्वापर युगका किराती राजा यलम्बर, सत्ययुगदेखि कै दस पुस्ता चक्रवर्ती सम्राट माङहाङ (किरातेश्वर देवांशी, आर्यावलोकितेश्वर, देवअवतार, त्रिकालदर्शी, साक्षात् नारायण अवतार , बुढा होङ, माङहाङ साममाङ) परम्पराका अन्तिम पुस्ता देव–राजा हुन् । माङहाङ साममाङ परम्परामा देवराजा स्वयं माङले चुन्ने हो । मान्छेले चुन्ने होइन । राजाको छोरा नै राजा हुने पनि होइन । यसको शेष अवशेष प्रमाण किरात समाजमा नाक्सो परम्परा छदैछ । नाक्सो मान्छेले छान्नु मिल्दैन, नाक्सोको छोरा नाक्सो पनि हुन सक्दैन । यलम्बर पछिका सबै किराँती राजाहरु आपुङ्गी, वंश–परम्पराका राजाहरु हुन्, देव– राजा होईनन् । आपुङगी किराती राजवंशपछिका लिच्छवी, ठकुरि, मल्ल, शाहवंश राजाहरु सबै आपुङगी, काम चलाउ, माङहाङ (विष्णु÷देवराज) आसनका रुङालु, गोठालेहरू मात्र हुन् । विष्णु आसनमा वस्ने खास वास्तविक, उमेद्वार त आाफैँआफ योग्य शिवअंश लिएर आएका व्यक्ति मात्र हुन सक्छन् । यलम्बरले सत्ता छाडेपछि नै द्वापर युगको बाँकी दुई अंश सत्य पनि सकिनु हो । यसैले यलम्बरको अन्त पछि मात्र कलियुगको आरम्भ मान्दा युक्तियुक्त ठहर्छ । यस पक्षमा अरु पनि पौराणिक, प्रागऐतिहासिक, ऐतिहासिक, पुरातात्विक, मिथकीय ,भाषिक, आनुवंशिकी (जेनेटिक्स) आदि तथ्य प्रमाणहरु यथेष्ट छन् । हाललाई यति नै गरौँ ।

– सावला साम्बा, समाजसेवी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?