advertisement

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए । छातीको समस्यापछि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको हो । उनको पनि मृत्युपछि १९ असारमा कोरोनाको पुष्टि भएको थियो । यसअघि ललितपुरमा २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए । मृत्युपछि १५ जेठमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका– ५ का पुरुषको पनि मृत्यु भएको थियो । पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण भएका उनी नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको असार ११ असारको बिहान मृत्यु भएको थियो । यससँगै काठमाडौं उपत्यका निवासी ५ जनाको कोरोना भाइरसको कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको उपचारका क्रममा २५ असारमा पाटन अस्पतालमा निधन भएको डा.गौतमले जानकारी दिए । असार १८ गते क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा असार २२ गते कोरोना पोजेटिभ पाइएको थियो ।

" /> मुख्य समाचार Archives - Page 215 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए