advertisement

कोरोना महामारीमा आर्थिक रुपमा कमजोर भएका जनताको ढाड सेक्ने उद्देश्यले सरकारले मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन दबाब दिनका लागि नेविसंघले विरोध प्रदर्शन गरेको तिमल्सिनाले बताए ।

सरकारले भने स्वचालित मूल्य प्रणाली लागू गरिएकाले भारतीय आयल निगम (आइओसी) ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने गरेको जनाएको छ । नेविसंघले अन्य धेरै विकल्पहरु हुँदाहुँदै पनि सरकारले जनतालाई दुःख दिने नियतले मूल्यवृद्धि गरेको आरोप लगाएको छ ।

आइओसीकै अनुसार मूल्यवृद्धि गर्नै परे पनि प्रदुषण शुल्क, पूर्वाधार विकास शुल्क, सडक मर्मत सम्भारलगायत विभिन्न नाममा कर लिने गरेको सरकारले केही शुल्क कटौती गरेरै भए पनि अहिलेको विषम परिस्थितिमा मूल्य वृद्धि गर्न नहुने महामन्त्री तिमल्सिनाको तर्क छ ।

" /> पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ - Sarbocha Media

पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ

`

     २०७७ आषाढ २८ गते ८:४१

काठमाडौं, २८ असार । सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्य वृद्धिको विरोधमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज मध्यान्ह ११ बजेबाट साढे १२ बजेसम्म आयल निगमको कार्यालय परिसर बबरमहलमा विरोध प्रदर्शन गरेको नेविसंघका महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिए ।

सरकारले नौ दिनको अवधिमा पेट्रोलियम पदार्थमा दुई पटक मूल्यवृद्धि गरेको छ । पेट्रोलमा ६ रुपैयाँको दरले र डिजेलमा तीन रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ ।

advertisement

कोरोना महामारीमा आर्थिक रुपमा कमजोर भएका जनताको ढाड सेक्ने उद्देश्यले सरकारले मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन दबाब दिनका लागि नेविसंघले विरोध प्रदर्शन गरेको तिमल्सिनाले बताए ।

सरकारले भने स्वचालित मूल्य प्रणाली लागू गरिएकाले भारतीय आयल निगम (आइओसी) ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने गरेको जनाएको छ । नेविसंघले अन्य धेरै विकल्पहरु हुँदाहुँदै पनि सरकारले जनतालाई दुःख दिने नियतले मूल्यवृद्धि गरेको आरोप लगाएको छ ।

आइओसीकै अनुसार मूल्यवृद्धि गर्नै परे पनि प्रदुषण शुल्क, पूर्वाधार विकास शुल्क, सडक मर्मत सम्भारलगायत विभिन्न नाममा कर लिने गरेको सरकारले केही शुल्क कटौती गरेरै भए पनि अहिलेको विषम परिस्थितिमा मूल्य वृद्धि गर्न नहुने महामन्त्री तिमल्सिनाको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?