झापा, २८ असार । झापामा बाढीका कारण ८० घर डुबानमा परेका छन् ।
कनकाई नदीमा आएको बाढीका कारण झपाको मिलन बस्तीका ४० घर, होकलबारीका ३० घर र शिवसताक्षी का १० घर डुबानमा परेको जनाइएको छ ।
लगातार परेको पानीको कारण कनकाईमा शनिबार रातिदेखि बाढी आएको छ । उक्त बाढी मिलन बस्तीमा पसेको छ । ४० घर डुबानमा परेकाले ती घरका सबै परिवारलाई रघु टोलमा ल्याएर राखिएको बताइएको छ ।

कनकाईको बाढीले सालमारामा १५० घर, लसुनगञ्जमा ५० घर र सितुमारीमा ४० घर डुबानको उच्च जोखिममा रहेको छ ।




