एजेन्सी, २७ असार । कोरोना भाइरस पूर्ण रूपमा निर्मूल नहुने देखिएको भन्ने धारना विश्व स्वास्थ्य संगठनको आपतकालिन कार्यक्रमका प्रमुख डा. माइक रायनले शुक्रबार व्यक्त गरेका छन् ।
जेनेभामा अनलाइन प्रेस सम्मेलनमा उनले भने, ‘अहिले देखिएको अवस्थाले भाइरसलाई पूर्ण रूपमा उन्मूलन गर्न सक्षम देखिंदैन ।’

‘क्लस्टरहरूमा कोरोना भाइरसको फैलावट रोक्न जहाँ संक्रमणका बढी घटनाहरू देखा पर्दै छन्, हामी महामारीको दोस्रो चरणबाट बच्न र लकडाउन भन्दा अघि सर्न सक्छौं’, उनले भने।




