ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

`

     २०८२ मंसिर २६ गते १०:४३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख ।

यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए तर यसलाई एक मिलियन डलर बनाएर लागु गरिएको छ ।

गोल्ड कार्डको घोषणा गर्दै ट्रम्पले भने-हामीले भर्खरै ट्रम्प गोल्ड कार्ड सुरु गरेकोमा म र देशको लागि ठूलो खुशीको कुरा हो । सबै आम्दानी संयुक्त राज्य सरकारमा जानेछ । यो हाम्रो देशमा साँच्चै विशेष व्यक्ति ल्याउनको लागि उपहार हो । दोस्रो, यसले सरकारी कोषमा अरबौं डलर ल्याउनेछ ।

गोल्ड भिसा कार्डले नागरिकहरूलाई ग्रीन कार्ड जस्तै विशेष अधिकार दिनेछ । अमेरिकामा स्थायी रूपमा बसोबास गर्न ग्रीन कार्ड आवश्यक छ ।

गोल्ड कार्ड डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत गरिएको नयाँ भिसाररेसिडेन्सी कार्यक्रम हो। यसले संयुक्त राज्य अमेरिकामा दीर्घकालीन बसोबास, काम र नागरिकताको लागि विकल्प प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?