एजेन्सी, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक रुपमा मास्क लगाएको पाइएको छ।
मास्क लगाएर वाशिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमण गरेका छन् । जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटेका छन्। ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गरेका थिए।
तर शनिबार ह्वाइट हाउस छोड्ने बेला ट्रम्पले मास्क लगाएका थिए। उनले भने, ‘अस्पतालमा जहाँ तपाई धेरै मानिसहरूलाई भेट्नुहुन्छ, तपाईले मास्क लगाउनु पर्ने हुन्छ। ट्रम्पले भने, म कहिले मास्क लगाउनको विरुद्धमा थिएन। तर मलाई लाग्छ कि हरेक चीजको समय र ठाउँ हुन्छ।’

कोरोना महामारीले अमेरिकामा सताएपछि ट्रम्प सार्वजनिक रूपमा मास्क लगाएको यो पहिलो पटक हो।




