एजेन्सी, २७ असार । भारतमा कोरोना भाइरस संक्रमितको संख्या आठ लाख नाघेको छ।
शनिबार बिहान जारी गरिएको नयाँ तथ्यांकका अनुसार गत २४ घण्टामा भारतमा २७ हजार ११४ नयाँ घटनाहरू फेला परेका छन् । जुन कुनै एक दिनमा अहिले सम्मको सबैभन्दा ठूलो संख्या हो।
यससँगै संक्रमित व्यक्तिको कुल संख्या बढेर ८ लाख २० हजार ९ सय १६ पुगेको छ। यी मध्ये ५ लाख १५ हजार ३ सय ८६मानिसहरु निको भइसकेका छन्। पछिल्लो एक दिनमा ५ सय १९ मानिस संक्रमणका कारण मरेका छन्।
भारतमा अहिलेसम्म २२ हजार एक सय २३ मानिस कोरोना भाइरसको कारण मरेका छन्।




