एजेन्सी, २८ असार । बलिउडका चर्चित सुपरस्टार अमिताभ बच्चन उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजिटिभ पाइएको छ।
अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ भेटिएको पुष्टि भएको छ । उनको परिवारका सबै सदस्यको कोरोना परिक्षण गरिएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैले यस बारे जानकारी दिएका छन्। अमिताभ बच्चनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना सकारात्मक भेटिएको छ।’
अभिषेक बच्चनले पनि ट्वीटमा आफ्नो कोरोना संक्रमित बारे जानकारी साझा गरेका छन्। अभिषेकले आफ्नो ट्वीटमा लेखेका छन्, ‘म र मेरो बुबा आज कोरोना पोजिटिभ भेटिए। हामी दुबै नराम्रो लक्षण पाएका छौं र हामीलाई अस्पतालमा भर्ना गरिएको छ। हामीले सबै आवश्यक अधिकारीलाई सूचित गरिसकेका छौं र हाम्रो परिवार र बाँकी स्टाफको जाँच भैरहेको छ। म सबैलाई धैर्यतापूर्वक आउन र नडराउन अनुरोध गर्दछु धन्यवाद।’




