काठमाडौं, २८ असार। विदेशमा रहेका नेपालीलाई सोमबार र मंगलबार स्वदेश फिर्ता नगरिने भएको छ ।
विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचारीको विश्रामका लागि २ दिन विदेशबाट चार्टर्ड उडान नगरिने भएको हो ।

‘जुलाई १५ देखि २१ गतेसम्म फेरि उद्धारको तालिका आउने बताइएको छ। अहिलेसम्म करिब २२ हजार नेपाली आफ्नै खर्चमा टिकट काटेर चार्टर्ड फ्लाइटबाट फर्किएका छन् ।




