
यसपहिले प्यालेस्टिनी सरकारले तरकारी, फलफूल, खनिज पानी र शीतल पेयजस्ता इजरायली उत्पादनहरू आयात गर्नमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । गत सेप्टेम्बरमा प्यालेस्टाइन सरकारले मासुका लागि आयात गरिने इजरायली बाच्छाहरूलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै विवादको सुरूवात भएको थियो । बदलामा प्यालेस्टिनी सरकारले इजरायली ताजा तरकारी र फलफूलमा प्रतिबन्ध लगाइएको थियो ।
“इजरायलले पेरिस प्रोटोकलको लगभग सबै धाराको उल्लङ्घन गरिसकेको छ,” अब्देल रहमानले भन्नुभयो । “प्यालेस्टाइन र जोर्डनबीचको निर्यातमा इजरायललाई हस्तक्षेप गर्न दिइनु हुँदैन“ उहाँले थप्नुभयो ।
पेरिस प्रोटोकल सन् १९९४ मा इजरायल र प्यालेस्टाइन मुक्ति संगठनबीचको आर्थिक सम्बन्धलाई नियन्त्रण गर्नका लागि हस्ताक्षर गरिएको आर्थिक सन्धि हो । जसमा प्यालेस्टाइनहरुलाई इजरायलले बन्दरगाह र सीमा नाका स्वतन्त्र रूपमा उपयोग गर्न मिल्ने र दुबै पक्षले नियमित बैठकहरुमा सहभागिता जनाउने उल्लेख गरिएको छ ।
यद्यपि दुई पक्षबीचको संयुक्त आर्थिक समितिले सन् २००० मा बैठक गर्न बन्द ग¥यो । तर इजरायलले त्यसपछि एकपक्षीयरूपमा आफु अनुकुलका घोषणा गर्दै आएको अब्देल रहमानले बताउनुभयो ।
“हामीले पटक पटक बैठकका लागि आग्रह गरेका छौ तर इजरायलले स्वीकार गरेको छैन,” प्रवक्ता अब्देल रहमानले भन्नुभयो । वेस्ट बैंकमा रहेका प्यालेष्टिनीहरूले जोर्डन र विश्वका अन्य मुलुकसँग जोडिनका लागि एलेन्बी ब्रिज ९पुल० को प्रयोग गर्छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए