काठमाडौं, २८ माघ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या १०३ पुगेको छ।
हुबेईको स्वास्थ्य आयोगका अनुसार उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि भएको थियो । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो । अहिले चीनमा मात्रै ४२ हजार २ सय बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २००२–३ पछिको गम्भीर सार्वजनिक स्वास्थ्य संकट हो ।

प्राणघातक कारोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार निरिक्षण गरेका थिए ।



