advertisement

दिल्ली विधानसभामा कुल ७० सिट रहेका छन्। सन् २०१५ मा भएको निर्वाचनमा एउटा नयाँ दल आम आदमी पार्टीले ७० मा ६७ सिट जितेको थियो। यसपटक चुनावी मैदनमा कुल ६७२ जना उम्मेदवार खडा भएका छन्। तर दिल्लीको सत्ताधारी आम आदमी पार्टी, केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपा र विपक्षी कङ्ग्रेसबीच त्रिपक्षीय भिडन्त हुने ठानिएको छ। आम आदमी पार्टी दोस्रो पटक पनि सत्ता हत्याउने कोसिसमा रहेको छ।

" /> दिल्ली विधानसभा निर्वाचन : कसले मार्ला बाजी ? - Sarbocha Media

दिल्ली विधानसभा निर्वाचन : कसले मार्ला बाजी ?

`

     २०७६ माघ २५ गते ६:०५

एजेन्सी, २५ माघ । भारतमा विधानसभाका लागि मतदान भइरहेको छ। भारतको राजधानी दिल्लीमा उक्त मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो ।

मतदान साँझ ६ बजेसम्म जारी रहने जनाइएको छ । यो मदतानको नतिजा दुईदिनपश्चात् आउने छ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ। यस अघिको चुनावमा भ्रष्टाचारविरोधी आन्दोलनकारीहरूले स्थापना गरेको एउटा नयाँ दलले दिल्ली विधानसभाका लगभग सबै सिट जितेकाले त्यहाँको चुनावलाई निकै महत्त्वकासाथ हेरिएको छ।

advertisement

दिल्ली विधानसभामा कुल ७० सिट रहेका छन्। सन् २०१५ मा भएको निर्वाचनमा एउटा नयाँ दल आम आदमी पार्टीले ७० मा ६७ सिट जितेको थियो। यसपटक चुनावी मैदनमा कुल ६७२ जना उम्मेदवार खडा भएका छन्। तर दिल्लीको सत्ताधारी आम आदमी पार्टी, केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपा र विपक्षी कङ्ग्रेसबीच त्रिपक्षीय भिडन्त हुने ठानिएको छ। आम आदमी पार्टी दोस्रो पटक पनि सत्ता हत्याउने कोसिसमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?