मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बन्यो । प्रदर्शनकारी बिहानैदेखि सडकमा उत्रिएपछि दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । त्यस्तै घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्‍यो ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

advertisement

अधिकांश झडप उत्तर–पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका छन्। ती इलाका अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय नेताहरूसँग भेटघाट गरेको दिल्लीको केन्द्रबाट करिब १८ किलोमिटर पर छन्।

 

पत्रकार सम्मेलनका बेला दिल्लीमा भड्किएको हिंसाबारे सोधिएको एक प्रश्नको ट्रम्पले सिधै जबाफ दिएनन्। उनले दिल्लीमा भड्किएको हिंसाबारे सुनेको र ती घटना भारतले नै व्यवस्थापन गर्ने बताएकाे जनाइएकाे छ।

सम्वाददाताहरूका अनुसार वर्तमान दङ्गा प्रधानमन्त्री मोदीका निम्ति लज्जाजनक हुनेछ दिल्लीमा भड्किएको हिंसाले ट्रम्प भ्रमणलाई ओझेलमा पारिदिएको छ।

" /> विश्व Archives - Page 199 of 206 - Sarbocha Media

विश्व

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए