काठमाडौं, २९ माघ। कोरोना भाइरसबाट लाग्ने रोगको नयाँ नामाकरण गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भाइरसबाट लाग्ने रोगको औपचारिक नाम ‘कोभिड–१९’ राखिएका हो ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर जटिल बन्दै गइरहेका समयमा डब्लूएचओले भाइरसबाट लाग्ने रोगको नयाँ नाम दिएको छ । नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको बताइएको छ।

कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको जनाइएको छ।यसअघि इन्टरनेसनल कमिटीले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो ।



