भारतमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ को मृत्यु , ३० भन्दा बढी घाइते

`

     २०७६ फाल्गुन ०१ गते ६:४४

एजेन्सी, ०१ फागुन । भारतमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ, भने अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको बताइएको छ ।

घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?