काठमाडौं, ०१ फागुन । कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक हजार तीन सय ५० नाघेको छ ।
चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको बताइएको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको जनाइएको छ ।
हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हो ।
त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ ।




