advertisement

राष्ट्रपति चिनफिङले पत्रमार्फत बिल गेट्सलाई सहयोगको प्रतिबद्धतालाई गहिरोसँग मनन गरेको भन्दै अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति देखाएको सहानुभूति र ऐक्यबद्धताप्रति हार्दिक धन्यवाद ज्ञापन दिएका छन् ।

राष्ट्रपति चिनफिङले चीन अहिले महामारीविरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको जनाइएको छ ।

" /> विश्वकै धनी बिल गेट्सलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाए यस्ताे पत्र - Sarbocha Media

विश्वकै धनी बिल गेट्सलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाए यस्ताे पत्र

`

     २०७६ फाल्गुन ११ गते ६:५२

बेइजिङ, ११ फागुन ।विश्वकै धनी बिल गेट्सलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पत्र पठाएका छन्। उनले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै बिल गेट्सलाई पत्र पठाएका हुन् ।

चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो। महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए।

advertisement

राष्ट्रपति चिनफिङले पत्रमार्फत बिल गेट्सलाई सहयोगको प्रतिबद्धतालाई गहिरोसँग मनन गरेको भन्दै अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति देखाएको सहानुभूति र ऐक्यबद्धताप्रति हार्दिक धन्यवाद ज्ञापन दिएका छन् ।

राष्ट्रपति चिनफिङले चीन अहिले महामारीविरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?