advertisement

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।

" /> कोरोनाको त्रास : इटलीमा आपतकाल घोषणा, एक दर्जन सहर बन्द - Sarbocha Media

कोरोनाको त्रास : इटलीमा आपतकाल घोषणा, एक दर्जन सहर बन्द

`

     २०७६ फाल्गुन ११ गते ६:२६

एजेन्सी, ११ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसकाे संक्रमन अहिले विश्वभर फैलिरहेको छ । यस्तै इटलीमा पनि कोरोना भाइरसको संक्रमन फैलिएको छ ।

कोरोना भाइरसबाट इटलीमा अहिलेसम्ममा ५ जनाको ज्यान गइसकेको छ भने बिरामीहरूको सङ्ख्या ७९ पुगेका छन् । कोरोनाभाइरसको सङ्क्रमितहरू बढ्दै गएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको जनाइएको छ। शनिवार राति प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्।

advertisement

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?