advertisement

ट्रम्पको औपचारिक स्वागत मंगलबार हुने बताइएको छ। उनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्ने भारतीय अधिकारीहरुले जनाएका छन्।

" /> परिवारसहित अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि भारत भ्रमणमा - Sarbocha Media

परिवारसहित अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि भारत भ्रमणमा

`

     २०७६ फाल्गुन १२ गते ४:०४

एजेन्सी, १२ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परिवारसहित दुई दिने भारत भ्रमणमा आउँदैछन्। उनी आज बिहान ११:४० बजे अहमदावादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकसाथ २२ किलोमिटरको रोड शोमा सहभागी हुनेछन्। त्यसपश्चात् अहमदावादकै रंगशालामा आयोजित कार्यक्रममा ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।

रंगशालामा ट्रम्पलाई स्वागत गर्न लाखौंको उपस्थिति हुने बताइएको छ। त्यहाँ ट्रम्प र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहमदावादको कार्यक्रम सकेर ट्रम्प अगरा पुग्नेछन्। त्यहाँ उनले ताजमहलको अवलोकन गर्नेछन्। ताजमहलको अवलोकनपछि ट्रम्प नयाँ दिल्ली पुग्ने बताइएको छ।

advertisement

ट्रम्पको औपचारिक स्वागत मंगलबार हुने बताइएको छ। उनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्ने भारतीय अधिकारीहरुले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?