एजेन्सी, १४ फागुन । इजिप्टको दुई संवेदनशील स्थानमा विस्फोट गराएको भनेर आरोप लागेको ८ जनालाई मृत्युदण्ड दिइएको खुलेको छ । त्यहाँको न्यायिक तथा स्वास्थ्य स्रोतका अनुसार अभियोग लागेका आठैजनालाई सोमबार मृत्यु दिइएको हो । उनीहरुलाई सन् २०१८ को मे मा इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेको थियो ।
त्यहाँको अदालतले उनीहरुलाइ गएको बर्षनै मृत्युदण्डको फैसला गरेको थियो । त्यसपछि उनीहरु पुनरावेदनमा मृत्युदण्डमाथि पुनरावलोकन गर्न पुगेको थिए । यद्यपि उनीहरुको पुनरावलोकन गर्न गरिएको अनुरोध अस्वीकार गरिएको थियो ।
मंगलबार प्राप्त समाचार अनुसार इजिप्टकोे स्थानीय समय अनुसार सोमबार विहानै उनीहरुलाइ मृत्युडण्ड दिइएको हो । उनीहरुले इजिप्टको विभिन्न चर्च र दक्षिणपश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गजराएका थिए । उनीहरुले गराएको बिस्फोटका कारण क्रिश्चियन धर्मावलम्वीहरूसहित ८८ जनाको ज्यान गएको थियो ।




