एजेन्सी, १३ फागुन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले कीर्तिमानी जित हात पार्दै उपाधि होड बनाएको छ । । एन्फिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको वेस्टह्याम युनाइटेडलाई हराएर जित हासिल गरेको हो।
एक घण्टाको खेल सकिँदासम्म २–१ ले पछि परेको लिभपुललाई मोहमद सलाह र साडियो मानेले गोल गर्दै उद्धार गरेका थिए । यस सिजन अपराजित रहेको लिभरपुलको यो लगातार १८ औं जित हो । लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । सिटीले सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो ।
लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेयता लगातार १८ खेल जितेको हो । जर्जिन्हो विजनाल्डमले खेलको नवौ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७ औं मिनेटमा पाब्लो फोर्नाल्सको गोल गरेपछि वेस्ट ह्यामले खेलमा २(१ को अग्रता बनायो । ६८ औं मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३(२ को जित दिलाए ।
यस जितपछि लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट लिभरपुलको ७९ अंक छ । समान खेलबाट ५७ अंकसहित साविक विजेता म्यानचेष्टर सिटी दोस्रोमा छ । लिभरपुललाई अब उपाधि जित्न बाँकी ११ खेलमध्ये ४ खेल मात्र जितेपछि पुग्नेछ ।




