काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।






