चेपाङ संरक्षित क्षेत्र नाम मात्रको घोषणा भएको छ : अध्यक्ष गोविन्दराम चेपाङ

`

     २०८० पौष २९ गते १:५८

काठमाडौँ, २९ पुस । सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

चितवनको भरतपुरमा सम्पन्न नेपाल चेपाङ सङ्घको केन्द्रीय सातौँ राष्ट्रिय भेलामा सहभागी चेपाङ अगुवाले बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङलाई यसअघि नै संरक्षित क्षेत्र घोषणा गरे पनि कार्यन्यवनमा नआएको बताएका हुन् ।

सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने, “बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरेको छ । नाम मात्रको घोषणा भएको छ, हालसम्म कार्यन्वयनमा आउन सकको छैन ।” संरक्षित क्षेत्र घोषणा गरिए पनि कार्यक्रमसहित बजेट विनियोजन नहुँदा नाम मात्रको संरक्षित क्षेत्र भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?