काठमाडौँको सिनामंगलमा स्रोत नखुलेको ६८ लाख नगतसहित ४ जना पक्राउ

`

     २०८१ पौष ०३ गते १२:२३

काठमाडौं, ३ पुस । काठमाडौं  सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?