advertisement

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत संगीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजवुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था, एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा नाफा कमाउन अलि बढिनै समय दिनु पर्नेछ भने नोकरिमा विशिष्ट व्याक्तित्वहरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावस्यक शंका गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र, मनपर्ने तथा विलाशि बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना लगानी गरिएका रकमहरु एठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केहि समय शंका तथा अविश्वास गरेपनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायि रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहाँदा नचाहाँदै टाढिनु पर्ने बाध्यता आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति, बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केहि दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिनेछ । नया विचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

" /> समाज Archives - Page 637 of 657 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए