advertisement

उनले भने, ‘मौखिक उजुरी हिजै (आइतबार) आएको थियो । सोही आधारमा कार्कीलाई पक्राउ गरेर हिरासतमा लिइ म्याद थप गरी अनुसन्धान अगाडि बढाइसकेका छौं ।’ लिखित किटानी जाहेरी परेलगतै पीडित किशोरीको मेडिकल जाँच, पीडकलाई कारबाहीका लागि म्याद थपलगायतको आवश्यक प्रक्रिया चालेको प्रनाउ न्यौपानेले बताएका छन् ।

पीडित किशोरीको आमा सानैमा मृत्यु भएको र बुबा पनि बेपत्ता भएकाले नाताले बाजे बोजु पर्ने आफन्तको घरमा शरण लिएर बसेकी हुन् ।

पीडित किशोरी भन्छिन्, ‘बाजेबोजु नभएको बेला स्कुटर चलाउन सिकाई दिन्छु भनेर तल जङ्गल (चारकोसे) झाडीमा लग्यो । जङ्गलको बाटोमा पुर्‍याएपछि स्कुटी रोकेर हात समाउँदै लडाएर नराम्रो काम गर्‍यो ।’

" /> स्कुटर सिकाई दिने बहानामा १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार - Sarbocha Media

स्कुटर सिकाई दिने बहानामा १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार

`

     २०७६ फाल्गुन २६ गते १२:४६

सुनसरी, २६ फागुन । सुनरीको धरानमा एक युवकले स्कुटर सिकाइ दिने बहानामा एक १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेका छन् ।

आफन्तको संरक्षणमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान–६ पानबारी बस्ने सन्तोष कार्कीलाई पक्राउ गरेको छ । उनले किशोरीलाई स्कुटर चलाउन सिकाउने बहानामा जङ्गलको बाटो लगेर फागुन ११ गते बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

किशोरीका संरक्षक संखुवासभा गएको कार्कीले किशोरीलाई बलात्कार गरेका हुन् । उनीहरू फर्केर धरान आएपछि किशोरीले आफूलाई कार्कीले बलात्कार गरेको जानकारी दिएपछि सोमबार किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

advertisement

उनले भने, ‘मौखिक उजुरी हिजै (आइतबार) आएको थियो । सोही आधारमा कार्कीलाई पक्राउ गरेर हिरासतमा लिइ म्याद थप गरी अनुसन्धान अगाडि बढाइसकेका छौं ।’ लिखित किटानी जाहेरी परेलगतै पीडित किशोरीको मेडिकल जाँच, पीडकलाई कारबाहीका लागि म्याद थपलगायतको आवश्यक प्रक्रिया चालेको प्रनाउ न्यौपानेले बताएका छन् ।

पीडित किशोरीको आमा सानैमा मृत्यु भएको र बुबा पनि बेपत्ता भएकाले नाताले बाजे बोजु पर्ने आफन्तको घरमा शरण लिएर बसेकी हुन् ।

पीडित किशोरी भन्छिन्, ‘बाजेबोजु नभएको बेला स्कुटर चलाउन सिकाई दिन्छु भनेर तल जङ्गल (चारकोसे) झाडीमा लग्यो । जङ्गलको बाटोमा पुर्‍याएपछि स्कुटी रोकेर हात समाउँदै लडाएर नराम्रो काम गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?