advertisement

उनीमाथि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको घरमा विष्फोट गराएको प्रहरीको आरोप छ । बाँस्कोटाको घरमा भएको विष्फोटमा पनि उनको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

" /> बाँस्कोटाको घरमा विष्फोट भएकै क्षेत्रबाट विप्लवका नेता पक्राउ, उनको संलग्नता हुनसक्ने आशंका - Sarbocha Media

बाँस्कोटाको घरमा विष्फोट भएकै क्षेत्रबाट विप्लवका नेता पक्राउ, उनको संलग्नता हुनसक्ने आशंका

`

     २०७६ फाल्गुन २८ गते ८:१६

काठमाडौं, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट भएकै क्षेत्रबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लवका एक नेता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला कमिटी सदस्य देवबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई भक्तपुरको मनोहराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) सविन प्रधानले जानकारी दिएका छन् ।

उनलाई बाँस्कोटाको घरमा विष्फोट भएको केहि घण्टामै पक्राउ गरिएको हो । ‘महोहराबाट विप्लव समूहका एक नेता पक्राउ परेका छन्’, एसपी प्रधानले भने, ‘उनीमाथि अनुसन्धान भइरहेको छ ।’

advertisement

उनीमाथि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको घरमा विष्फोट गराएको प्रहरीको आरोप छ । बाँस्कोटाको घरमा भएको विष्फोटमा पनि उनको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?