advertisement

महासंघले पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाएको पनि जनाएको छ ।

यस्तै कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न पनि महासंघले सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ ।

" /> कोरोनाको त्रास : सञ्चारकर्मीहरुलाई पूर्वसतर्कता अपनाउन आह्वान - Sarbocha Media

कोरोनाको त्रास : सञ्चारकर्मीहरुलाई पूर्वसतर्कता अपनाउन आह्वान

`

     २०७६ फाल्गुन २७ गते १२:२४

काठमाडौं, २७ फागुन । नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिन–१९०) को संक्रमणबाट बच्न पत्रकारहरुलाई पूर्वसतर्कता अपनाउन आह्वान गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकारहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अपनाउन आह्वान गरेका हुन् ।

advertisement

महासंघले पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाएको पनि जनाएको छ ।

यस्तै कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न पनि महासंघले सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?