advertisement

बुढा भइसकेका तपाईं हाम्रा बुबा-आमाका पुस्ताहरु पूर्ण रुपमा परिवर्तन हुदैन्, केही सिक्न सक्छन् । उनिहरुलाई सिकाउँदै परिवर्तन आफूबाट सुरु गरौं । महिनावारी भएकी घरकी नारीलाई काममा सहयोग गरौं, प्याड किनेर दिउँ । भाडा धुदै गरेकी नारीको भाडा पखाल्न सहयाे गराैं, तरकारी काट्दै गरेकी प्यारीसँग बसेर प्याज काटेर त हेर्नुस् प्याजले आएको आँसुसम्म पुछ्न उनको हात आफै आउँछ ।

अफिसबाट उनी भन्दा अगाडि तपाईं आउनु भएको छ भने उनको लागि एक गिलास पानी त दिनुस अनि हेर्नुस कमाल । घरकी चेली-बेटिलाई बिना डर स्वतन्त्र बाच्न दिनुस् मात्र उस्को संस्कार सिकाउनुस तपाईले ठूलाे बोली पनि गर्नु पर्दैन लौरो पनि देखाउनु पर्दैन । तपाईंसँग खुलेर समस्या राख्छिन् तपाईंको आँखा छलेर सायदै परका काम गर्दिन् ।

स-साना फूलबाट नै सुन्दर माला बन्छ । ठूलो फूलको होइन। स-साना खुशीको योग नै बिराट बन्ने हो । तसर्थ सुरुवात आफैबाट गरौं।
मौसुफ, सरकार, तपाईं, तिमी तँ र म सबै हामी बाट सुरु गरौं । हाम्रै संस्कारले सिकाए झै नारिको सम्मान गरौ अनि नारा लगाउनु नै पर्दैन नारी पुरुष बराबरीको नारा त अरुसँग माग गर्दै लगाइन्छ । हामी एक पल्ट आफूबाट केही मागौं र सुरुवात गरौं, आउनुस्।

" /> परस्त्रीलाई बाइकमा राख्दैमा 'हिराे' महशुस नगराैं, महिनावारी भएकी घरकी नारीलाई प्याड किनेर दिउँ - Sarbocha Media

परस्त्रीलाई बाइकमा राख्दैमा ‘हिराे’ महशुस नगराैं, महिनावारी भएकी घरकी नारीलाई प्याड किनेर दिउँ

`

     २०७६ फाल्गुन २५ गते १२:५३
  • के आर पाण्डुलिपी

काठमाडाैं, २५ फागुन ।  आज अन्तराष्ट्रिय नारी दिवस । विश्वभर प्रभात फेरि, समारोह, गोष्ठि तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरेर महिलाको मानव अधिकार सुनिश्चितताको आह्वान गर्दै अन्तराष्ट्रिय नारी दिवसलाई भव्यताका साथ मनाउने चलन छ ।

नेपालमा पनि याे दिवस  विभिन्न कार्यक्रम गरी मनाइन्छ । चाेक चाेकमा टाेलटाेलमा ‘महिला र पुरुषलाई बराबरी’ भन्ने नारा घन्किन्छ । तर अहिलेसम्म हेर्ने हाे भने ‘महिला र पुरुष बराबरी’, ‘महिला र पुरुष एक रथका दुई पाङ्गा’, ‘एक सिक्काको दुई पाटो’ भन्ने जस्ता नारा, नारामा मात्रै सिमित भएको देखिन्छ ।

नारी र पुरूष बराबरी भन्नेहरू नै पुरुषले पारपाचुके गरे पछि कुमारी नारीसँग विवाह गर्दा ताली बजाउछन् तर पारपाचुके गरेकी नारिले कुमार केटासँग विवाह गर्दा सामाजिक मर्यादाको हनन् भन्दै कुर्लन्छन् ।

सम्बन्द विच्छेद गरेकी महिलासँग कुमार पुरुषले विवाह गर्यो भने धारा, पधेरा, चिया पसल र पार्टीसम्म बेतुके बहसको बिषय बन्छ । फलानो केटो हुतिहाराले अर्काकि जोई ल्यायो भन्दै । जिब्रोको कैँची चलाउनेहरुको कमि हुँदैनन् । अनि फेरि भन्न छोड्दैन् ‘नारी पुरुष बराबर’ ।

समाजमा उच्च स्थानमा रहेका नेता, बुद्धिजीवीहरु, ब्यापारीहरु संस्कार, रितिरिवाज, चालचलन, समय, नाफा, नोक्सानको पर्खाल बाधेर घरभित्रै नारिलाई मानसिक तथा सामाजिक यतना दिन्छन् ।

मै हु भन्ने पुरुष परस्त्रीलाई आँखा झिम्काउँदै, बाइकमा राखी दैडिन्छन् तर घरकी श्रीमती, चेलि/बेटि काम बिशेषले कोहिसँग बोल्यो भने पनि ‘किन बोलिस् ? ‘भन्दै प्रश्न तेर्साउछन् । उनीहरुले पुरुषको चित्ता बुझ्ने जवाफ दिनुपर्ने हुन्छ । यदि कारण दिन नसकेको खण्डमा मानसिकदेखि शारीरिक सजाय भोग्नु पर्छ । अनि नारी दिवशको कार्यक्रममा यी पुरुष कुर्लिन्छन् ‘नारी पुरुष बराबरी’ ।

advertisement

बुढा भइसकेका तपाईं हाम्रा बुबा-आमाका पुस्ताहरु पूर्ण रुपमा परिवर्तन हुदैन्, केही सिक्न सक्छन् । उनिहरुलाई सिकाउँदै परिवर्तन आफूबाट सुरु गरौं । महिनावारी भएकी घरकी नारीलाई काममा सहयोग गरौं, प्याड किनेर दिउँ । भाडा धुदै गरेकी नारीको भाडा पखाल्न सहयाे गराैं, तरकारी काट्दै गरेकी प्यारीसँग बसेर प्याज काटेर त हेर्नुस् प्याजले आएको आँसुसम्म पुछ्न उनको हात आफै आउँछ ।

अफिसबाट उनी भन्दा अगाडि तपाईं आउनु भएको छ भने उनको लागि एक गिलास पानी त दिनुस अनि हेर्नुस कमाल । घरकी चेली-बेटिलाई बिना डर स्वतन्त्र बाच्न दिनुस् मात्र उस्को संस्कार सिकाउनुस तपाईले ठूलाे बोली पनि गर्नु पर्दैन लौरो पनि देखाउनु पर्दैन । तपाईंसँग खुलेर समस्या राख्छिन् तपाईंको आँखा छलेर सायदै परका काम गर्दिन् ।

स-साना फूलबाट नै सुन्दर माला बन्छ । ठूलो फूलको होइन। स-साना खुशीको योग नै बिराट बन्ने हो । तसर्थ सुरुवात आफैबाट गरौं।
मौसुफ, सरकार, तपाईं, तिमी तँ र म सबै हामी बाट सुरु गरौं । हाम्रै संस्कारले सिकाए झै नारिको सम्मान गरौ अनि नारा लगाउनु नै पर्दैन नारी पुरुष बराबरीको नारा त अरुसँग माग गर्दै लगाइन्छ । हामी एक पल्ट आफूबाट केही मागौं र सुरुवात गरौं, आउनुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?