advertisement

कोरोना भाइरस संक्रमणको त्रासका कारण आपूर्ति व्यवस्थामा रहेको समस्या र समाधानबारे सरकारले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसंग मंगलबार छलफल गरेको हो ।

यो सँगै मास्कमा कालो बजारी गर्ने दिन जाने छ । अहिले व्यापारीहरूले कोरोनाको त्रासको छोपी कालो बजारी गरिहेको पाइन्छ । ५ रुपैयाँमा पाइने मेडिकल मास्कलाइ कालो बजारी गर्नेहरूले अभाव भएको भन्दै बजारमा ४० देखि ७० रुपैयाँसम्म ब्रिकी गरिरहेका छन् । कतिपय व्यापारिहरूले पछि झन् महगोंमा बेच्न सकिने भन्दै गोदाममा लुकाएर राख्ने गरेको पाइन्छ ।

बजारमा सर्वसाधारणले ५ रुपैयाँमा पाउने मास्कको होलसेल मूल्य १ रुपैयाँ ८० पैसा पर्ने गरेको थियो । एक व्यवसायीका अनुसार उत्पादन हुँदा एक प्याकेट अर्थात ५ वटाको मूल्य ८० रुपैयाँमा बिक्री हुदै आएको थियो । हाल एक प्याकेजको मूल्य १८ सयसम्म पुगेको बताइन्छ ।

" /> मास्कमा कालाे बजारी गर्नेकाे दिन गए, अब ७ रुपैयाँमै सर्जिकल मास्क पाइने - Sarbocha Media

मास्कमा कालाे बजारी गर्नेकाे दिन गए, अब ७ रुपैयाँमै सर्जिकल मास्क पाइने

`

     २०७६ फाल्गुन २७ गते ११:३८

काठमाडौं २७ फागुन । उद्योगी व्यवसायीले मास्क र स्यानिटाइजर अभाव एक हप्ताभित्रै हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिसंग मंगलबार भएको छलफलमा तत्कालका लागि उद्योगीले नै मूल्य अभिवृद्धि कर (भ्याट) ब्यहोर्ने गरी बजारमा सात रुपैयाँमै मास्क उपलब्ध गराउन सकिने जानकारी गराइएको नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘तत्कालका लागि व्यवसायीले भ्याट तिर्ने गरी सात रुपैयाँमा जनताले मास्क पाउने गरी पठाउने जानकारी गराएका छौं’ उनले थपे ‘हुन त कसैले पाँच रुपैयाँमै बेच्छौं पनि भनेका छन् तर हामी देशका सबै क्षेत्रमा पुग्ने गरी मास्कको वितरण थाल्दै छौं ।’

छलफलमा चेम्बरको पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन सुरु भइसकेको र यसै साताभित्र बजारमा पठाउने जानकारी बैठकमा गराइएको अध्यक्ष श्रेष्ठले बताए ।

दैनिक १५ हजारका दरले उत्पादन भइरहेको मास्क सबै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा पुर्‍याएर वितरण गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए ।

नेपालका लागि प्रशस्त मात्रामा पुग्ने गरी स्यानिटाइजर भित्रिने क्रममा रहेको जानकारी बैठकमा औषधी व्यवसायीले गराएको पनि उनले जानकारी दिए । ‘होलीका कारण तराइमा रोकिएको भन्ने उहाँहरुको कुरा छ,’ उनले भने ।

advertisement

कोरोना भाइरस संक्रमणको त्रासका कारण आपूर्ति व्यवस्थामा रहेको समस्या र समाधानबारे सरकारले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसंग मंगलबार छलफल गरेको हो ।

यो सँगै मास्कमा कालो बजारी गर्ने दिन जाने छ । अहिले व्यापारीहरूले कोरोनाको त्रासको छोपी कालो बजारी गरिहेको पाइन्छ । ५ रुपैयाँमा पाइने मेडिकल मास्कलाइ कालो बजारी गर्नेहरूले अभाव भएको भन्दै बजारमा ४० देखि ७० रुपैयाँसम्म ब्रिकी गरिरहेका छन् । कतिपय व्यापारिहरूले पछि झन् महगोंमा बेच्न सकिने भन्दै गोदाममा लुकाएर राख्ने गरेको पाइन्छ ।

बजारमा सर्वसाधारणले ५ रुपैयाँमा पाउने मास्कको होलसेल मूल्य १ रुपैयाँ ८० पैसा पर्ने गरेको थियो । एक व्यवसायीका अनुसार उत्पादन हुँदा एक प्याकेट अर्थात ५ वटाको मूल्य ८० रुपैयाँमा बिक्री हुदै आएको थियो । हाल एक प्याकेजको मूल्य १८ सयसम्म पुगेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?