आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
उनले भने, नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुनर्स्थापना गर्नु पर्छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले ओलीको दिनगन्ती शुरु भइसकेको बताएका छन् । सरकार पाकेको फलझैं झर्ने उनको भनाइ छ ।
उक्त कार्यक्रममा आफ्नो तर्क राख्दै उनले भने, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको छ । प्रधानमन्त्री ओली पक्षले पुष २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलतबाटोमा लागेको उनको भनाइ छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनको भनाइ छ ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरि हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् ।
प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् । ओली प्रतिगमनको पराजय छिट्टै गर्ने उनको भनाइ छ ।
विघटित प्रतिनिधीसभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरित जाने कदमका विरुद्ध लागिरहने बताइन्। संविधानको रक्षाको निम्ति जतिदिन पनि आन्दोलन बस्ने भन्दै उनले आन्दोलनले ०६२÷०६३ सालको जनआन्दोलनको रूप लिने पनि बताइन्।
पुष १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नु पर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जानकारी दिए ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए