प्रतिनिधिसभा विघटन विरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका हुन् ।

‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिंडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ रु

खनालले भने, ‘यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं ।’

ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

वरिष्ठ नेता झलनाथ खनालले नेकपामा आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो रु सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

उनले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरिसकेको समेत बताए । उनले ओलीलाई कम्युनिष्ट आन्दोलनका भगौडा समेत भएको आरोप लगाएका छन्।

" /> ओलीलाई घुँडा नटेकाई सडक संघर्ष रोकिंदैन : झलनाथ खनाल - Sarbocha Media

ओलीलाई घुँडा नटेकाई सडक संघर्ष रोकिंदैन : झलनाथ खनाल

`

     २०७७ माघ ०९ गते १०:१३

काठमाडौ ९ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका हुन् ।

‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिंडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ रु

खनालले भने, ‘यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं ।’

ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

वरिष्ठ नेता झलनाथ खनालले नेकपामा आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो रु सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

उनले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरिसकेको समेत बताए । उनले ओलीलाई कम्युनिष्ट आन्दोलनका भगौडा समेत भएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?