काठमाडौंको माइतीघरमा सरकारको कमदविरुद्ध प्रचण्ड–माधव पक्षले आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो तर्क गरेका हुन्।

केपी ओलीले हिजो चितवन पुगेर राममन्दिर बनाउने घोषणा गरेका छन्। यता अस्ति पशुपति गएर बत्ती बालेर भाकल गरिरहेका छन् उनले भने, ‘ओली हिन्दु राज्‍य बनाउन कोशिस गरिरहेका छन्।’

ओलीको कुचेष्‍टालाई जनताले चिन्ने उनले बताए। ओली कम्युनिस्ट भएनन्। ओलीले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएर देशलाई पछाडि फर्काउने प्रयास गरिरहेका छन्, उनले भने, ‘ओली न्यायका पक्षमा उभिनेहरुलाई झम्टने गरेका छन्। त्यसैले सुन केपी ओली तिमीले हिँडेको बाटो गलत छ। त्यसैले हामी परास्त गर्नका लागि सिंहदरबार नजिकै आएर बसेको छौँ।’

निर्वाचन आयोगले चुनाव गराउनका लागि ४० अर्ब माग गरेको बताउँदै ओलीले देश कंगाल बनाउन खोजेको आरोप लगाए।

" /> केपी ओली धर्मका कुरा गरेर राजनीतिक कुत्सित व्यवहार गर्न खोजिरहेका छन् : सुरेन्द्र पाण्डे - Sarbocha Media

केपी ओली धर्मका कुरा गरेर राजनीतिक कुत्सित व्यवहार गर्न खोजिरहेका छन् : सुरेन्द्र पाण्डे

`

     २०७७ माघ १८ गते ७:५८

काठमाडौँ, १८ माघ । नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका कुरा गरेर राजनीतिक कुचेष्टा गर्न खोजेको आरोप लगाएका छन्।

काठमाडौंको माइतीघरमा सरकारको कमदविरुद्ध प्रचण्ड–माधव पक्षले आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो तर्क गरेका हुन्।

केपी ओलीले हिजो चितवन पुगेर राममन्दिर बनाउने घोषणा गरेका छन्। यता अस्ति पशुपति गएर बत्ती बालेर भाकल गरिरहेका छन् उनले भने, ‘ओली हिन्दु राज्‍य बनाउन कोशिस गरिरहेका छन्।’

ओलीको कुचेष्‍टालाई जनताले चिन्ने उनले बताए। ओली कम्युनिस्ट भएनन्। ओलीले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएर देशलाई पछाडि फर्काउने प्रयास गरिरहेका छन्, उनले भने, ‘ओली न्यायका पक्षमा उभिनेहरुलाई झम्टने गरेका छन्। त्यसैले सुन केपी ओली तिमीले हिँडेको बाटो गलत छ। त्यसैले हामी परास्त गर्नका लागि सिंहदरबार नजिकै आएर बसेको छौँ।’

निर्वाचन आयोगले चुनाव गराउनका लागि ४० अर्ब माग गरेको बताउँदै ओलीले देश कंगाल बनाउन खोजेको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?