सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने दावी गरेका छन् ।

उनले भने, ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।’, सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।

प्रचण्डले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशुस गरेर नै दुई ठुला कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्दै पार्टी एकता गरेपनि ओलीका कारण त्यो दिशामा धक्का लागेको बताए । उनले विचार र राजनीतिका कार्यक्रमका आधारमा नै गठबन्धन हुदै एकता गरिएपनि ओलीले पार्टी निर्णय नमानेर समस्या सिर्जना भएको दावी गरेका छन् ।

उनले भने, ‘सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे हुनुहुँदो रहेछ । सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हो ।’ ‘यसले उहाँमा इमान्दारीता र निष्ठा रहेन । उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्यौँ ।

‘आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा हामी झन बलियो भयौँ भनेको सुनिन्छ । यस्तो पनि हुन्छ कहीँ रु राजीनामा दिनु त कता हो कता रु उल्टै उहाँ आफै पार्टी सदस्य पनि हुनुहुन्न कारवाही गर्दै हिँड्नुहुन्छ’ प्रचण्डले ओलीको कटाक्ष गरे । उनले छिटै नयाँ सरकार बन्ने भन्दै उक्त सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू निर्दक रहेको बताएको छ ।

" /> राजनीति Archives - Page 482 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए