राष्ट्रपति कार्यालयलाई सरकारले अधिवेशन आह्वानको सिफारिस पत्र पठाएको छ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिस गरेको चर्चा चलेको थियो । तर, त्यस बैठकमा प्रस्ताव मात्र गरिए पनि आजको बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

" /> फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन बैठक बोलाइने - Sarbocha Media

फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन बैठक बोलाइने

`

     २०७७ फाल्गुन १७ गते ५:५५

काठमाडौँ, १७ फागुन । प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते  ४ बजे बोलाउन सरकारले सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

राष्ट्रपति कार्यालयलाई सरकारले अधिवेशन आह्वानको सिफारिस पत्र पठाएको छ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिस गरेको चर्चा चलेको थियो । तर, त्यस बैठकमा प्रस्ताव मात्र गरिए पनि आजको बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?