शनिबारको तुलनामा आइतबार स्वास्थ्य अवस्था निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए। झाका अनुसार शनिबार भन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएको अस्पतालले जनाएको छ। जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको अस्पतालले जानकारी दिए ।

उनको आँखा भने खोलेका छैनन्। आइतबार नै जोशीको सिटी स्क्यान पनि गरिएको छ। टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत सफा भएको अस्पतालले जनाएको छ।

‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन।’ डा.झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ।’

" /> राजनीति Archives - Page 483 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए