आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुचीको सरकारलाई पुनःस्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु प्रति याङगनमा प्रहरीले गोली नै चलाएका थिए ।

सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडी परिचालन गरिएको छ ।

प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुचीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएको देखिएको थियो । ‘कू को एक महिना पुगेको छ । उनीहरुले हामीमाथि गोली चलाएर हिजो दमन गरे । आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन् ।

सुची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ठूलो जीन हासिल गरेपछि धाँधली गरेर चुनाव जितेको सेनाले आरोप लगाएको छ ।

" /> म्यान्मारमा सेनाले चलाएको गोली लागेर १८ जना मारीए, सोमबार प्रदर्शनकारीहरु फेरी सडक प्रदर्शनमा उत्रिए - Sarbocha Media

म्यान्मारमा सेनाले चलाएको गोली लागेर १८ जना मारीए, सोमबार प्रदर्शनकारीहरु फेरी सडक प्रदर्शनमा उत्रिए

`

     २०७७ फाल्गुन १७ गते ६:१९

एजेन्सी, १७ फागुन । एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाए । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुचीको सरकारलाई पुनःस्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु प्रति याङगनमा प्रहरीले गोली नै चलाएका थिए ।

सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडी परिचालन गरिएको छ ।

प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुचीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएको देखिएको थियो । ‘कू को एक महिना पुगेको छ । उनीहरुले हामीमाथि गोली चलाएर हिजो दमन गरे । आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन् ।

सुची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ठूलो जीन हासिल गरेपछि धाँधली गरेर चुनाव जितेको सेनाले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?