सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको जनाएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरीएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक हिउँदे अधिवेशन शुरू हुँदैछ। अधिवेशन आह्वान भएसँगै प्रतिनिधि सभाबाट नयाँ सरकार गठनको पहल थालिने सम्भावना रहेको छ।

" /> राष्ट्रपतिद्वारा फागुन २३ का लागि प्रतिनिधि सभा बैठक आह्वान - Sarbocha Media

राष्ट्रपतिद्वारा फागुन २३ का लागि प्रतिनिधि सभा बैठक आह्वान

`

     २०७७ फाल्गुन १७ गते ८:०२

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको जनाएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरीएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक हिउँदे अधिवेशन शुरू हुँदैछ। अधिवेशन आह्वान भएसँगै प्रतिनिधि सभाबाट नयाँ सरकार गठनको पहल थालिने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?